FAQs Complain Problems

प्यागोडा शैलीको हिलिहाङ दरबार (नमुना फोटो)

Read More

गाउँ सभा ( १३ औं अधिवेशन)

Read More

पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (उद्घाटन समारोह)

Read More

शहिद पार्क

Read More

भालुचोक बजार

Read More

जोरपोखरी ( हिलिहाङ गा.पा.-०६)

Read More

आगेजुङ माङहिम

Read More

गाउँपालिकाको परिचय

नेपालको कोशी प्रदेशको पहाडी जिल्लाको रुपमा पाँचथर जिल्ला रहेको छ । नेपाल राष्ट्र निर्माण पूर्व यस क्षेत्रको चिनारि ऐतिहासिक पल्लो किराँतको रुपमा रहेको थियो । यस जिल्लाको आफ्नै लामो र पुरानो इतिहास छ । नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुसार संघीय शासकीय स्वरुप बमोजिम राज्य पुर्नसंरचनाबाट यस जिल्लामा ८ ओटा स्थानिय तहहरुको गठन गरिएको छ । १ नगरपालिका तथा ७ गाउँपालिकाको रुपमा स्थानिय तहको प्रशासनीक संरचना निर्धारण गरिएको छ । यस अन्तर्गत साविकका अमरपुर, पञ्चमी, सुभाङ र भारपा गा.वि.स.हरु मिलि हिलिहाङ गाउँपालिका बनेको छ ।

सुचना तथा समाचार

जन प्रतिनिधिहरु

अध्यक्ष
9852681172

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
9852684477, 9842070147
info@hilihangmun.gov.np

प्रवक्ता

वडा अध्यक्ष तथा प्रवक्ता
9852669962

सेवाहरु

सेवा प्रकारः- कर तथा राजश्व
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख, वडा सचिव
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय, गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नयाँ व्यवसाय भएमा दर्ता शुल्क र व्यवसाय नविकरण शुल्क (चालु आ.व. को आर्थिक ऐेनमा तोकिएबमोजिम)
आवश्यक कागजातहरुः-

दर्ता नगरिएको व्यवसाय भएमा,

  • व्यवसाय सञ्चालकको नागरिकताको फोटोकपि
  • व्यवसाय दर्ता गर्न आवश्यक पर्ने सम्पुर्ण कुराहरु खुल्ने कागजात
  • जग्गाधनि पुर्जाको फोटोकपि, एकिकृत सम्पत्तिकर तिरेको रसिद
  • बहालमा रहेको  भए घर । जग्गा वहालको सम्झौता पत्र

पहिल्यै दर्ता गरेको भएमा,

  • गत वर्ष कर तिरेको रसिद
  • व्यवसायमा थपघट भएमा सोको प्रमाण खुल्ने कागजात सहितको निवेदन
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन, सर्जमिन गर्नेुपर्नेमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपालीमा रू ५०० , अंग्रेजीमा रू १०००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नाता कायम गर्ने सवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, उमेर नपुगेको हकमा जन्मदर्ता प्रमाणत्रको प्रतिलिपी
  • हालै खिचेको पासपोर्ट साईजको फोटो (प्रति व्यक्ति २)
  • मृत्यु भइसकेको व्यक्तिसंग नाता प्रमाणित गर्नु परेमा मृतकको मृत्युदर्ता प्रमाणपत्र
  • स्थानिय सर्जमिन मुचुल्का
  • चालु आ.व. सम्मको सम्पत्ति कर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परिक्षण । खोप लगाएको प्रमाण
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन, सर्जमिन गर्नेुपर्नेमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी । वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन पश्चात रु २००
आवश्यक कागजातहरुः-

जन्मदर्ताः

  • मुलीको सुचना फाराम
  • बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
  • आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता

मृत्यु दर्ताः

  • मुलीको सुचना फाराम
  • मृतकको नागरिकता
  • सुचकको नागरिकता

विवाह दर्ताः

  • पति र पत्निको संयुक्त सुचना फाराम
  • पति र पत्निको माईति पट्टिको नागरिकता ( माईति पट्टिको नागरिकता नभए जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्र )
  • बाबु बाजे नाम खुलेको सक्कल प्रमाण लिई पति र पत्नी दुवै उपस्थित हुने 

बसाईसराईः

  • मुलीको सुचना फाराम
  • सुचकको ना.प्र पत्र, परिवारहरुको नाम, नातासम्वन्ध र जन्म मिति
  • वसाईसराई भएको स्थानको जग्गाधनि दर्ता प्रमाणपुर्जा (जानेका लागी)
  • वसाईसराई भई आउनेको हकमा वसाई परित्याग गरेको गा.वि.स.को स्थानिय पञ्जिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाईसराई दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नाता सम्वन्ध र जन्ममिति

सम्वन्ध विच्छेदः

  • सुचना फाराम
  • अदालतबाट भएको निर्णय र निवेदनको ना.प्र. पत्र समेत
सेवा प्रकारः- रकम निकासा
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- हिलिहाङ गाउँपालिकाे कार्यालय, पञ्चमी, पाँचथर
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

 

१‍‍ निर्णयहरु
२ प्राविधिक ल.र्इ.
३ सम्झौता फाराम र अनुसुचीहरु

४ कार्यादेश

५ मेशिन सम्झौता

६  कार्य सम्पन्न प्रतिवेदन

७  विल भर्पार्इ

८  मालपोत तिरेको प्रमाण र ना.प्र.

९  फोटोहरु र होडिङ वोर्ड

१० वडाको सिफारिस

सेवा प्रकारः- योजना सम्झौता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / योजना शाखा प्रमुख / आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- हिलिहाङ गाउँपालिकाे कार्यालय, पञ्चमी, पाँचथर
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि ।
  • उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि ।
  • आयोजनाको लागत अनुमान विवरण ।
  • उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय ।
  • आयोजनाको कार्यान्वयनको कार्य तालिका ।
  • खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजात ।
  • योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरी खिचिएको फोटो ।
  • योजनाको छाप ।

जानकारी

हिलिहाङ गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय, पञ्चमी, पाँचथर 

कोशी प्रदेश, नेपाल 

सम्पर्क नम्बरः ९८५२६८४४७७

इमेल:  info@hilihangmun.gov.np

          hilihangruralmun@gmail.com

गाउँपालिकाको रहेको स्थान